२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

सिंगो गाउँ नै बाढीको उच्च जोखिममा

करिब २० घरधुरी बासिन्दाहरु हरेक बर्षामा बाढीको त्रासमा बस्दै

फाइल तस्वीर ।

प्रेम पुन, 
बबई २६ असार । पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ७ मलई स्थित माथिल्लो गाउँ बाढीको उच्च जोखिममा रहेको छ ।

बर्षा मौसममा बुँका खोला नामको खोलाबाट सिंगो गाउँ नै बाढीको उच्च जोखिममा रहेको छ । उसो त सिंगो मलई क्षेत्र बाढी र पहिरोको जोखिममा रहेको छ, भने माथिल्लो गाउँ बुँका झन खोलाको उच्च जोखिम रहेको छ । करिब २० घरधुरी रहेको माथिल्लो गाउँका बासिन्दाहरु हरेक बर्षको बर्षा मौसममा बाढीको त्रासमा बस्ने गर्दछन् ।

माथिल्लो गाउँको दक्षिण पुर्वमा रहेको बुँका खोला पटक पटक गाउँमा पसि सकेको छ । २०७१ साल र २०७३ सालको बाढी पहिरोको महाविपत्तिको समयमा पनि सो खोला गाउँमा पसेको थियो । बर्षाको मौसममा त्यहाँका बासीन्दाहरु सँधै बाढीको त्रासमा बस्ने गर्दछन् । बर्षा मौषममा बाढीको डरले विगत ४, ५ बर्ष देखि राति घरमा नसुती गाउँ नजिकै गौजेमा रहेको गोठमा सुत्ने गरेको स्थानीय खिम वहादुर बुढाथोकीले बताउनु भयो । दिन भर घरको काम गर्ने र साँझ परेपछि स–परिवार गोठमा गई सुत्ने गरेको बुढाथोकीले बताउनु भयो । बाढीको उच्च जोखिम हुदा केहीले अन्य ठाउँमा बसाई पनि सारेका छन् ।

रातिको समयमा ठुलो बर्षा भयो भने गाउँमा खोला पस्छ, कि भनेर निन्द्रा नै नलाग्ने गरेको अर्का स्थानीय जय प्रकाश घर्तीले बताउनुभयो । खोलाको नजिकै आफ्नो घर हुँदा हरेक बर्षको बर्षा मौसम त्रासमै वित्ने गरेको घर्तीले दुखेको पोख्नुभयो । गाउँ नै बाढीको उच्च जोखिम हुदा पनि सम्वन्धित निकायले चासो नदिएको स्थानियहरुले गुनासो गरेका छन् । पटक पटक बुँका खोलामा तटबन्धको माग जनप्रनिधि समक्ष राख्दा पनि चासो नदिदा बाढीको त्रासमा बस्नु परेको स्थानिय बताउँछन् । सिंगो गाउँलाई क्रसित पारेको खोलालाई तटबन्ध र व्यवस्थापनमा ध्यान दिन स्थानियहरुले सम्वन्धितले निकायले आग्रह गरेका छन् ।

यस्तै मलईका विभिन्न गाउँका घर पनि बाढी उच्च जोखिममा रहेका छन् । २०७१ साल र २०७३ सालको बाढी पहिरोको महाविपत्तिको समयमा घरबार विहिन भएका परिवार पनि रहेका छन् । कयौको घर, बारी र खेत नै वगर वनाई दिएको छ । कसैको घर जग्गा भएको ठाउँमा खोला हिड्ने भएको छ ।

अझै पनि बाढी र पहिरोले घरबार विहिन बनाउने चिन्तामा बसको धेरै रहेका छन् । ठुलखोलाको छेउछाउमा रहका घरहरु बाढीको उच्च जोखिममा रहेका छन, भने वनको छेउमा रहेका घरहरु पहिरो उच्च जोखिममा रहेका छन् ।