२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

माछा मार्न गएका २ जनालाई खोलाले मृत्यु

सांकेतिक तस्वीर ।

परासी, 
२६ असार । पश्चिम नवलपरासीमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बर्दघाट नगरपालिकाको खहरे खोलाले बगाउँदा स्थानीय २० वर्षीय सुधीर बिक र १८ वर्षीय प्रवीण बिकको मृत्यु भएको हो । उनीहरु बाढी आएको समयमा माछा मार्न गएका थिए ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख होमनाथ रेग्मीका अनुसार माछा मार्न जाँदा प्रवीणलाई खोलाले बगाएको र साथीलाई बचाउन खोज्दा सुधीरलाई समेत बगाउँदा ज्यान गएको हो । दुबै शवलाई अहिले पोस्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।