२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

घाँस काट्ने क्रममा सर्पले टोक्दा एक महिला गम्भीर बिरामी

सांकेतिक तस्बिर ।

बबई,
२६ असार । विषालु सर्पले डस्दा पश्चिम दाङमा सर्पको टोकाईबाट एक महिला गम्भिर विरामी परेकी छिन् ।

बबई गाउँपालिका वडा नम्वर २ हंसपुर बस्ने ३५ बर्षिया भुमिका वली विरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

आफनै बारीमा घाँस काट्न गएको समयमा शुक्रवार दिउँसो ३ बजे उनलाई सर्पले डसेको बताईएको छ । उनको बाँया कोखमा सर्पले डसेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी बाँकेको भेरी अस्पतालमा रिफर गरिएको अस्पतालले बताएको छ ।