२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

म्याग्दी पहिरो : १६ जनाको शव फेला, १७ अझैँ वेपत्ता

फाइल तस्वीर ।

म्याग्दी, 
२७ असार । बिहीबार राति परेको लगातारको वर्षापछि झरेको पहिरोमा परी वेपत्ता भएका मध्ये १६ जनाको शव भेटिएको छ । बाँकी १७ जना अझैँ वेपत्ता रहेको म्याग्दीका प्रहरी नायव उपरिक्षक किरनज्ग कुवँरले जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिका ६ मराङका ९ जना, मालिका गाउँपालिका बिमका ४ जना र दुखु गाउँकी एक महिलासहित ५ जना अनि रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार आज शव भेटीनेको परिचय खुलेको छैन ।

उद्धारका लागि बिम पुगेको प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माका अनुसार वेपत्ता भएका ९ जना मध्ये हाल सम्म ४ जनाको शव लिकालिएको छ ।

धवलागिरीको मराङमा हेलीमार्फत उद्धार टोली पुगिसकेको छ ।

हिजो वेपत्ताको उद्धारका लागि आएको नेपाली सेनाको पिश्चम पृतना हेडक्वाटर बिजयपुर ब्यारेकबाट उपरथी गोकुल भण्डारीसहित एम आई १७ को हेलिकप्टर आए पनि प्रतिकुल मौसमका कारण उद्धार नगरि फर्किएको थियो ।