२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

शान्तिनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

सांकेतिक तस्वीर ।

शान्तिनगर, 
२७ असार । पश्चिम दाङको शान्तीनगर गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार कोरोना परिक्षण गर्दा शान्तीनगर गाउँपालिका वडा नम्वर ३ का ५७ बर्षिय, वडा नम्वर ४ का ४५ र वडा नम्वर ६ का २६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका अनुसार गाउँपालिकाबाट संकलन गरिएको ३२ वटा नमुना परिक्षण गर्दा ३ जनाको पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।