२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

जनरल स्टोर्समा आगलागी हुँदा १५ लाख बराबरको क्षति

तुलसीपुर, 
२७ असार । तुलसीपुर उपमहानगरपालिका १७ भण्डारी चोकनेर रहेको प्रभा जनरल स्टोरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार साढे आठ बजेतिर पसलमा विद्युत सर्ट भइ आगलागी भएको थियो । प्रहरी, स्थानीयवासीहरुको सहयोगमा आगो निभाइएको थियो । आगलागी पश्चात् क्षतिको बारेमा जानकारी लिनका लागि बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, वडा नम्बर १९ का वडाध्यक्ष रामबहादुर योगी, वडा नम्बर १७ का वडा सदस्य मदन बस्नेतको टोली पुग्नुभएको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले उद्योग वाणिज्य संघको तर्फबाट संस्थाको नियमानुुसार रातह उपलब्ध गराइने बताउनुभएको छ ।