२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

रोल्पामा मास्क प्रयोग गराउन सचेत गर्दै प्रहरी

रोल्पा,
२७ असार । सरकारले जारि गरेको नियम बिपरित स्थानीयहरु मास्क नलगाएर सामाजिक दूरी समेत ख्याल नगर्दै बाहिर निस्कन थालेपछि रोल्पा प्रहरीले सकृयता बढाएको छ ।

कोरोना भाइरसको त्रासले विश्व नै तर्सिरहेको समयमा पछिल्लो समय रोल्पाका मुख्य बजारहरुमा स्थानीयहरुले मास्कको प्रयोग नगरेको पाइएपछि प्रहरीले सकृयता बढाएको हो ।

शुक्रबार सदरमुकाम लिवाङमा रोल्पा प्रहरीले प्लेकार्डसहित जनचेतना मुलक र्‍याली निकालेको छ । माईकिङ समेत गरेको प्रहरीले आजैदेखि मास्कबिना समाजिक दूरी कायम नगरि कोहि घरबाहिर निस्केमा नियमानुसार कारबाही गरिने जनाएको छ ।

केहिदिन यता बैँक, बित्तिय संस्था, सरकारी कार्यालय र बजारमा बाक्लो भिडभाड बढेको छ ।