२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

दंगीशरणमा ७८ जनामा सिकलसेल पोजेटिभ

दिप्तीशिखा चौधरी, 
दंगीशरण २८ असार । दंगीशरण गाउँपालिकामा ७८ जनामा सिकल भिउँ पोजेटिभ देखिएको छ । पालीकाको वडा नं. ३, ६ र ७ मा रहेका थारु समुदायहरुको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा सिकल भिउँ टेष्ट पोजेटिभ देखिएको हो ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत थारु समुदायको स्वास्थ्य परिक्षण लाई प्राथमिक्ता दिदै सिकलसेल एनीमिया स्वास्थ्य शिवीर संचालन गरिएको हो । शिवीरमा ४ सय ७४ जनको स्वास्थ्य परिक्षण गरिएको श्रीगाउँ स्वास्थ्य केन्द्रको हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिए ।

शिवीरमा ७८ जनाको टेष्ट पोजेटिभ आएपछि गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले थारु समुदायहरुको बंशानुगत रोग भएको भन्दै विपन्न थारु परिवारका लागि यो ठूलो भार भएको बताए । मुख्यमन्त्री ग्रामिण विकाश कार्यक्रमले गरेको यो शिवीरले सहयोग गरेको भनदै अवका दिनमा यस रोगका बारेमा स्वास्थ्यकर्मीका लागि तालीम, जनचेतना अभिबृद्धिका लागि गाउँ तहमा सचेतना कार्यक्रम,पर्याप्त बजेटको ब्यवस्था, रगत परिक्षण गर्ने मेसिन खरीद लगाएतका बारेमा कार्यक्रम तयार गर्ने बताए ।

शिवीरमा वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरी, वडा न। ६ का वडा अध्यक्ष टंक बहादुर वली, वडा नं. ७ का वडा अध्यक्ष एंव प्रवक्ता विर बहादुर वलीको उपस्थिती रहेको थियो ।