२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

मावि चरकमटीयाको प्राङ्गणमा वृक्षारोपण

बबई,
२८ असार । बबई गाउँपालिका वडा नं. ७ सरस्वती माध्यमिक विद्यालय चरकमटियाको खाली जग्गामा विभिन्न प्रजातीका बोटबिरुवा रोपिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज डाँगी र प्रिन्सिपल ललित केसीको नेतृत्वमा आज आइतबार विद्यालयको खाली जग्गामा बोटबिरुवा रोपिएको हो ।

जिल्ला बन कार्यालय दाङको सहयोगमा टीक, सल्ला, मसला प्रजातिका बोटबिरुवा रोपिएको हो ।

सो कार्यक्रममा भूतपूर्व प्रधानाध्यापक वासुदेव मल्ल, शिक्षकहरु रामचन्द्र बुढाथोकी, जानकी बुढाथोकी, दल बहादुर ओली, विरेन्द्र भण्डारी रेनिसा केसी र समाजसेवीहरु भक्त डाँगी, फत्तेसिङ डाँगी, कर्ण वहादुर डाँगी लगायतको सहभागिता रहेको थियो ।