२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बलिउड कलाकार अनुपम खेर पनि कोरोना संक्रमित

नयाँदिल्ली,
२८ असार । बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका चार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अनुपमसहित उनकी आमा, भाउजु र भतिजीलाई संक्रमण भएको उनले ट्वीटर मार्फत जानकारी दिएका छन् । अनुपमले लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजु र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ । म आफैंले पनि परीक्षण गरे र मैले आफ्नो रिपोर्ट नेगेटिभ पाएको छु।’

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा बलिउडका बादशाह भनी चिनिने अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि संक्रमण भएको छ ।

अमिताभ अस्पताल भर्ना भएको केही घण्टामै अनुपमले आफूसहित परिवारका चार जनालाई कोभिड १९ पोजिटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् ।