२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

लमही खानेपानीले शुल्क समायोजन गर्ने


लमही,
२८ असार । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको खपत युनिटभन्दा बढी आएको युनिटको महशुल दरमा समायोजन गरेको छ ।

खानेपानीका आम उपभोक्ताहरुको गुनासो र लमही खानेपानी उपभोक्ता संस्थाको शुक्रवार सम्पन्न आकस्मिक बैठकले संस्थाले न्यूनतम ३० युनिटभन्दा बढी पानी खपत गरेका उपभोक्ताहरुले बुझाउनुपर्ने साविकको युनिटमा महशुल शुल्कमा समायोजन गर्ने निर्णय गरेको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीले जानकारी दिएका छन् ।

कोरोना भाइरसको जोखिमको कारण खानेपानी संस्थाका मिटर रिडरहरुले तीन महिना उपभोक्ताको घरघरमा गई मिटर रिडर गर्न नसकेको र एकमुष्ठ बुझाउँदा खपत युनिटभन्दा बढी पानी प्रयोग भई हुन आएको महशुल शुल्क आएको दर रेटमा बुझाउँदा स्वयम् उपभोक्ताहरुले गुनासो गरेपछि आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखी संस्थाले सो निर्णय गरेको हो ।

लकडाउनको अवधिदेखि असार महिनाभरको खपत युनिट बाहेकको बढी हुन आउने महशुल शुल्क ३० कायम राखेको र यस लकडाउनको अवधिभर पानि महशुल बुझाउँदा छुट नपाएका र खपतभन्दा बढी भएको पानीको प्रतियुनिट ५५ र ४५ को दरले शुल्क बुझाएका उपभोक्ताहरुले आफ्नो बढी भएको रकम फिर्ता वा खानेपानीको आगामी महशुल बुझाउँदा मिलान गर्नसक्ने दुवै व्यवस्था गरिएको लमही खानेपानीका सचिव सनमकुमार पौडेलले जानकारी दिएका छन् ।

संस्थाका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षतामा बसेको खानेपानीको आकस्मिक बैठकमा सल्लाहकारहरु कर्णबहादुर बुढाथोकी, काँशिराम डाँगी, जोगराज चौधरीलगायतको सहभागिता थियो ।