२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

नेता तथा युवा व्यवसायी बस्नेतद्वारा छहरा अनलाइनलाई सहयोग

तुलसीपुर, 
२८ असार । छहरा मिडिया प्रालिद्धारा सञ्चालित छहरा अनलाइनका लागि नेपाली काङग्रेस दाङ क्षेत्र नं. ३ उपसभापति तथा युवा व्यवसायी प्रमोद बस्नेतले विभिन्न सामग्री सहयोग गर्नु भएको छ ।

तुलसीपुरको दोघरेमा रहेको पब्लिक होम डेकोर तथा सप्लायर्सका प्रोप्राइटर समेत रहेका बस्नेतले छहरा मिडिया प्रालिका अध्यक्ष झुपु क्षेत्रीलाई प्रेस जाकेट, पञ्जा तथा मास्क हस्तान्तरण गर्नु भएको हो । कोरोनाको महामारीलाई नियन्त्रण गर्न सञ्चारकर्मीहरुले सञ्चारमाध्यमबाट ठुलो योगदान पु¥याएको भन्दै सञ्चारकर्मी सुरक्षित हुन आफूले सक्दो सहयोग गरेको बताउनु भयो ।

छहरा अनलाइनले कोरोना भाइरस सम्वन्धि सचेतनामुलक समाचार प्रकाशन तथा प्रसारण गर्दै आएकाले आफु खुसी भएर सहयोग गरेको बस्नेतले बताउनुभयो । कोरोना भाइरसबाट सुरक्षित साथ रिपोटिङ गर्न सहज होस् भनेर प्रेस जाकेट, पञ्जा तथा मास्क सहयोग गरेको उहाँको भनाई छ ।

छहरा अनलाइनलाई सहयोग गरेकोमा छहरा मिडिया प्रालिका अध्यक्ष झुपु क्षेत्रीले नेता तथा युवा व्यवसयायी बस्नेतलाई धन्यबाद दिनुभयो । आगमी पनि दिनमा सवैको सहयोगले ताजा, सत्यतथ्य र सन्तुलित समाचार प्रकाशन तथा प्रसारणमा छहरा अनलाइन अगाडि बढि रहने अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

नेपाली कांग्रेसका नेता तथा युवा व्यवसयायी प्रमोद बस्नेतको स्थायी ठेगना बबई ७ मठेउरा दाङ हो, भने उहाँ हाल तुलसीपुरमा बस्दै आउनु भएको छ । बस्नेत पश्चिम दाङका चर्चित युवा नेता तथा समाजिक अभियन्ता हुनुहुन्छ ।