२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

देउखुरीमा फेरी भित्रियो ठूलो संख्यामा सलहको हुल

फाइल तस्वीर ।

दाङ, 
२८ असार। दाङको अन्न भण्डार मानिने दाङको देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ ।

पूरै गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरु आ-आफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् ।

किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि हल्लाखल्ला गरे पनि कतिपयको मकैबाली सलह किराले खाएर सखाप पारेको राप्ती गाउँपालिकाको लालमटियाका बासुदेव न्यौपानेले बताए ।