२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

स्कुटर अनियन्त्रित भई पल्टिदा चालकको को मृत्यु

सांकेतिक तस्वीर ।

बुटवल,
२८ असार । रुपन्देहीमा स्कुटर अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका– १२ भिमकालीपथ स्थित भित्री सडक खण्डमा शनिबार साँझ पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको प्रदेश २(०३(००७ प ८७९४ नं. को अनटेस्ट स्कुटर अनियन्त्रित भई पल्टिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्कुटर चालक सिद्धार्थनगर नगरपालिका–२ का ४६ वर्षीय दिपक कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादर खड्काले बताए ।

यादवको उपचारको क्रममा भैरहवाको भिम अस्पतालमा मृत्यु भएको हो । उक्त स्कुटी प्रहरीको नियन्त्रणमा रहेको छ ।