२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

बबई नदिमा ६५ बर्षीय चौधरीको शव फेला

सांकेतिक तस्वीर ।

दाङ,
२८ असार । दाङमा २ जना ब्यक्ति नदिमा मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका १२ का ६५ बर्षीय कालिचरण चौधरी आइतवार दिउँसो पौने २ बजे तिर तुलसीपुर ११ बबई नदिको किनारामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

चौधरी असार २६ गते साँझ ६ बजेतिर तुलसीपुर १५ गोठुवामा आफ्नै खेतमा रोपाई गरी घर फिर्ता भएको भएता पनि ब्यपत्ता भएका थिए । उनी घर नआएपछि उनका आफ्न्तले खोज तलास गर्दै जादाँ बबई नदिको किनारामा मृत अवस्थामा भेटिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

साथै घटनाको बारेमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।