२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता

फाइल तस्वीर ।

दमौली,
२९ असार । तनहुँको रिसिङ ८ भैंसीकिलेमा गएराति गएको पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार राति करिब १ बजे घरमाथिबाट पहिरो खस्दा आनबहादुर थापाको परिवारका ५ सदस्य बेपत्ता भएका हुन् ।

घटनामा परी आनबहादुर साहिला छोरा भेषबहादुर र भेषबहादुरकी श्रीमती नानुमाया, छोरा महादेव, छोरी अमिषा र मनिसरा थापा बेपत्ता भएका छन् ।आनबहादुरकी श्रीमती ज्योतिमाया थापालाई भने उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ।

रिसिङ प्रहरी चौकिका इन्चार्ज क्षेत्रबहादुर थापाले उद्धारको प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या परेको बताए।

घटनास्थलमा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठसहितको टोली उद्धारका लागि पुगेको छ ।प्रहरी टोली राति नै पुगे पनि घर पूरै पुरेकाले उद्धारमा कठिनाई आएको प्रहरी सहायक निरीक्षक थापाको भनाइ छ।