२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

भारतमा एकैदिन २९ हजार जनामा कोरोना संक्रमण


काठमाडौं,
२९ असार । भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित पाइएका छन् । आइतबार २९ हजार १०८ नयाँ संक्रमित भेटिएका हुन् ।

अहिलेसम्म यो आँकडा छोएको थिएन । यसअघि शुक्रबार र शनिबार लगातार दुई दिनसम्म २७ हजार भन्दा बढी संक्रमित थपिएका थिए ।

हालसम्म भारतमा ८ लाख ७९ हजार ४६६ जना कोरोना संक्रमित पुगेका छन् । त्यसमध्ये ५ लाख ५४ हजार ४२९ जनालाई निको भएको छ ।

आइतबार ५०० जनाको ज्यान गएको छ । मृतकको संख्या २३ हजार १८७ जनाको ज्यान गइसकेको छ । भारत विश्वको तेस्रो स्थानमा छ ।