२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

सांसद वलीद्वारा विद्यालय अनुगमन

दंगिशरण,
२९ असार । दाङ क्षेत्र नम्बर ३ ख का सांसद विमला वलीले दंगिशरण गाउँपालिका वडा नं ५ सलोरामा रहेको लक्ष्मी नारायण आधारभूत विद्यालयको अनुगमन गर्नु भएको छ ।

अनुगमनमा प्रदेश सांसद धमकली चौधरी , गाउँपालिका अध्यक्ष भागिराम चौधरी लगायतको उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुम प्रसाद देवकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष सेवकराम आचार्य र बिद्यालयका प्रधानाध्यापक गोबिन्द आचार्य लगायतले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

अनुगमनमा विद्यालयका समस्या र भावि योजनाहरुका वारेमा छलफल गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो ।