२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

अघोषित लोडसेडिङले सतायो

प्रेम पुन,
दाङ २९ असार । आइतवार राति करिब ९ बजेको थियो । झ्याप्प बत्ति गयो केहि बेरपछि बत्ति आउला भन्ने सोच सबैको थियो, तर आएन । करिब राति ९ बजे गएको बत्ति विहान करिब ३ बजे तिर आयो ।

रातिमा बत्ति नहुँदा शान्तिनगर ५ रगैंजाका राजु परियारलाई गर्मिले सतायो । गर्मिबाट बच्न घरको छतमा गए, झन लामखुट्टेले टोकेर हैरान बनायो । आइतवार परियारलाई रात कसरी काट्नु छटपटि भयो । विधुतको अभावमा गर्मी र लामखुट्टेको टोकाई सहनुको विकल्प अरु केही थिएन । राजु परियार त एक प्रतिनिधि पात्र मात्र हुन । आइतवार त विधुतले अति नै गर्यो ।

आइतवार न पानि परेको थियो न हावाहुरी नै आएको थियो । नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले आइतवार रातभर विधुत काटेर जनतालाई दुःख दियो । यति मात्र होइन अन्य दिनमा पनि अघोषित रुपमा विधुत जाने गरेको छ । नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको अघोषित लोडसेडिङले पश्चिमदाङबासी आजित भएका छन् ।

विगत केही महिनादेखि निरन्तर दैनिक अघोषित लोडसेडिङ हुँदै आएको छ । सामान्य पानी पर्नु हुँदैन, विधुत गाईहाल्छ । बत्ति गएको घण्टौसम्म पनि कहिले बत्ति आउँदैन भने कहिले छिनमै जान्छ छिनमै आउँछ, आउने जाने क्रम जारी राख्छ । यसले गर्दा पश्चिमदाङबासी प्रत्यक्ष मर्कामा परेका छन् ।

अघोषित लोडसेडिङले सर्वसाधारण मात्र होइन व्यापार, व्यवसाय तथा उद्योगधन्दालाई ठुलो क्षति पु¥याएको छ । आइतवार लामो समयसम्म विधुत नआउँदा बबई ५ हंसपुरका खिम बुढाथोकीले रातको १२ बजे ‘होइन यो विधुत प्राधिकरण हो कि अपराधिकरण हो, जतिवेला पनि लाइन जाने’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । विधुत प्राधिकरणको लापर्वाहीले पश्चिमदाङबासी अघोषित लोडसेडिङको मारमा परेको उहाँले बताउनु भयो । विधुत प्राधिकरण यस्तो लापर्वाही रोक्न सम्वन्धित निकायले ध्यान दिनु पर्ने बुढाथोकीले बताउनुभयो । अघोषित लोडसेडिङलाई हटाउन सम्वन्धित निकायले वेलैमा ध्यान दिन पश्चिमदाङबासीले आग्रह गरेका छन् ।

यता नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले यसलाई लोडसेडिङ भन्न नमिल्ने बताएको छ । विधुतमा हुने विविध समस्या कारण यस्तो समस्या उत्पन्न भएको बताएको छ । बर्षामौषममा हावाहुरीले पोल ढल्ने, रुख ढलेर विधुत तार छिन्ने र पोल तथा तारको व्यवस्थापन मिलाउनका लागि केही समय विधुत काट्ने गरेको नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख जगननाथ लामिछानेले बताउनु भयो ।

बर्षा मौसममा ओभरहेड लाइन आउने, विधुत नेटवर्किङ सिस्टसमा समस्या, लाइनमा फल्ट, ट्रान्समिटरमा खरावी, प्राधिकरण केही पुराना प्रविधिका कारण विधुतमा समस्या आएको प्रमुख लामिछानेले बताउनु भयो । तर केही समयका लागि मात्र विधुत काटिने गरेको उहाँले दावि गर्नु भयो । लकडाउनका कारण विधुतिय समस्या समाधान गर्न गाह्रो भयो, अहिले लकडाउन केही खुकुलो भएपनि बर्षा मौषम सुरु भएर समस्या उत्पन्न भएको हो, प्रमुख लामिछाने भन्नुभयो – ‘विधुतिय समस्यामा हटाउने प्रयासमा हामी निरन्तर लागेका छौं, पव्लिकको समस्या हामीले पनि बुझेका छौं, चाँडै विुधतमा सुधार आउछ ।’

साथै प्रमुख लामिछानेले कुनै ठाउँमा पोल तथा तार र अन्य समस्या देखा परे तुरुन्त विधुत प्राधिकरणका कर्मचारीलाई जानकारी गराउन आग्रह गर्नुभयो । पव्लिकले विधुतमा समस्या आएको ठाउँबाट जानकारी नदिदा झन समस्या पर्ने उहाँले बताउनु भयो ।