२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

नेपालमा कोरोना जित्नेको संख्या १० हजार २९४ पुग्यो

 

फाइल तस्वीर ।

काठमाडौं,
२९ असार । सोमबार एकैदिन १ हजार ७०५ जनाले कोरोना भाइरस संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार एकै दिन १ हजार ७०५ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १० हजार २९४ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ९ जनासहित १४४ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार सातवटै प्रदेशमा कोरोनाका बिरामी भेटिएका छन्। जसमध्ये प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी १४४ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० पुगेको छ भने आइसोलेसनमा ६ हजार ६१३ जनाको उपचार भइराखेको छ ।