२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध

फोटो : अन्नपूर्ण पोष्ट ।

बुटवल,
२९ असार । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ। तिनाउ गाउँपालिकाको दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

सडक माथिबाट पहिरो झरेपछि ५ बजेदेखि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। सडक अवरुद्ध भएपछि पाल्पाबाट आउने र बुटवलबाट जाने यातायातका साधन रोकिएका छन्।

सडक डिभिजनले पहिरो हटाउन थालेको छ। पहिरोमा यातायातका साधन पुरिए या नपुरिएको भने एकिन नभएको प्रहरीले जनाएको छ। यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ। बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ।