२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

मास्क नलगाउनेबाट ३ दिनमा ३० हजार राजश्व संकलन

सल्यान, 
३० असार । सल्यानमा मास्क नलगाई हिंड्नेहरूलाई कारवाही गर्दा साढे ३० हजार बढी राजश्व संकलन भएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार तीन दिनको अवधिमा ३० हजार ६०० राजश्व संकलन भएको हो।

सोमवार मात्रै १० हजार २ सय राजश्व संकलन भएको डिएसपी खतिवडाले जानकारी दिएका छन्।

सोमबार जिल्लाको श्रीनगरमा २० जना, लुहाममा २० जना, कपुरकोटमा १० जना, खलंगामा ४१ जना, लान्ती बजारमा ११ जना कारवाही परेका हुन्।

प्रहरीले मास्क नलगाएको फेला पारे प्रत्येक व्यक्तिवाट एक सय रूपैयाँ जरिवाना तिराउँदै आएको छ।