२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

पूर्वमन्त्री बिष्ट लेख्छन् : प्रचण्ड र बाबुरामको कारण राजनीतिबाट अवकाश लिएँ

दाङ,
३० असार । पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको कारण राजनीतिबाट अवकाश लिनुपरेको बताएका छन् ।

पछिल्लो समय मगर कृषि पेसामा संलग्न छन् । पोखरा विमानस्थलको घटना स्मरण गर्दै सामाजिक सञ्जाल फेसबुकमा मगरले दुवै नेतामा आदर्श कायम नरहेको आरोप समेत लगाएका छन् ।

‘एकदिन पोखरा विमानथलमामा क. प्रचण्ड र क. बाबुरामसँग थिएँ म, भीआईपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरूलाई लज्जा वोध भएछ क्यारे । मुन्टो निहुराएर कुरा गर्नुभो,’ उनले फेसबुकमा लेखेका छन् ।

मेरो आदर्श स्खलित भएको दिन!एकदिन पोखरा Airport मा क.प्रचण्ड र क.बाबुरामसङ्ग थिए म,VIP कक्षमा। मैले लगाएको पुरानो…

Gepostet von Lokendra Bista Magar am Montag, 13. Juli 2020