२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

रुखको हाँगा भाँच्चिएर लाग्दा तुलसीपुरमा एक युवकको मृत्यु

सांकेतिक तस्वीर ।

तुलसीपुर,
३० असार । रुखको हाँगा भाँच्चिएर लाग्दा तुलसीपुरको लहलौरामा मोटरसाईक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–११ लहलौरा निबासी मोटरसाईकल चालक २३ बर्षका तुलसी चौंधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिहले जानकारी दिए ।

लहलौराबाट तलसीपुर तर्फ जाँदै गरेको रा२प८८० नम्बरको मोटरसाईक चालक चौधरीको टाउकोमा आज बिहान पौने ८ बजे एक्कासी रुखको हाँगा भाँच्चिएर लागेको थियो ।

सडकमा गुडिरहेको मोटरसाईक माथि रुखको हाँगा भाच्चिएर लाग्दा घाईते भएका चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।