२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

प्रहरी, जनप्रतिनिधि र युवाको सक्रियतामा गाँजाको बोट नष्ट

दिप्तीशिखा चौधरी,
दंगीशरण ३० असार । दंगीशरण गाउँपालिकामा उम्रीएका गाँजा प्रहरी र जनप्रतिनिधिको सक्रियतामा नष्ट गरिएको छ ।

दंगीशरण गाउापालिका वडा न. ३ चितानपुर दिल बहादुर गिरीको जग्गामा उम्रीएका गाँजा नष्ट गरिएको हो । ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापाको नेतृत्वमा गएको टोलीले करीव १ कट्ठा जग्गामा उम्रीएका गाँजा नष्ट गरेको हो ।

गाँजा फडानी पछि ट्याक्टरमा लोड गरेर बबई नदिमा बगाएर नष्ट गरिएको हो । जनप्रतिनिधि दिल कुमारी वि.क., हिरा चौधरी, प्रहरी टिका थापा, स्थानीय यूवा लगाएतको सहभागितामा गाँजाको बोटहरु नष्ट गरिएको हो ।