२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

नेपालगञ्जका उद्योग अधिकृत ९६ हजार घुससहित पक्राउ

फाइल तस्बिर ।

बाँके,
३० असार । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी हुकुमबहादुर ओली घुस रकम सहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले ९६ हजार ३ सय रकम घुससहित ओलीलाई रंगेहात पक्राउ गरेको हो ।

आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार ठेक्कापट्टाको लाइसेन्स बनाइदिने नाममा सेवाग्राहीबाट ९६ हजार ३ सय रुपैयाँ नगद लिँदै गर्दा ओली पक्राउ परेका हुन ।