२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

दंगीशरणका दुई जना महिलाले जिते कोरोना

दिप्तीशिखा चौधरी, 
दंगीशरण ३० असार । दंगीशरण गाउँपालिका दुई जना कोरोना जितेर घर फर्किएका छन् ।

कोरोना जितेर फर्किनेमा दंगीशरण गाउँपालिका वडा नं. ५ र ६ का दुई जना महिलाहरु रहेको दंगीशरण कोभिड फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिए ।

उनीहरुलाई भारतबाट आएपछि विरेन्द्र माविमा रहेको क्वारेन्टाईनमा राखिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षण गरेपछि उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि बेलझुण्डिमा राखिएको थियो ।

यसैबिच दंगीशरणको विरेन्द्र माव।मा अहिले २६ जनालाई राखिएको छ । उनीहरु कोहि जिल्ला बाहिर र कोहि भारत र तेस्रो मुलुकबाट आएको खुलेको छ ।

दंगीशरणको क्वारेन्टाईनमा अहिलेसम्म भर्ना हुनेको संख्या ३ सय १८ पुगेको छ, भने २ सय ९२ जना डिस्चार्ज भईसकेका छन् ।