२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

सुनडवरीमा खसी चोरको विगविगी

फाइल तस्वीर ।

शान्तिनगर,
३० असार । पश्चिम दाङको शान्तिनगर ६ सुनडवरीमा खसी चोरी भएको छ ।

सुनडवरी निवासी छपिलाल वलीको खसी चोरी भएको हो । गएराति चोरहरुले खोर भित्रैको आन्दाजि ३५ केजीको खसी चोरी लगेको वलीले बताउनु भयो । २५ हजार बराबरको खसी खोर भित्रैबाट चोरले चोरेर लैजादा अहिले वली चिन्तित हुनु भएको छ ।

पछिल्लो एक हप्ता भित्र सुनडवरीमा २ वटा खसी चोरी भएको छ । केही अघि सनडवरीकै छपिलाल डाँगीको खसी चोरी भएको थियो । सुनडवरी गाउँमा खसी चोरको विगविगी बढे पछि स्थानिय त्रसित भएका छन् । खसी चोरको विगविगी बढे पछि खसी पालेका स्थानिय त्रसित हुनु परेको छ ।

राति खसी चोरी हुन्छ, कि डर भएको स्थानिय बताउँछन् । खसी चोरहरुलाई नियन्त्रणमा लिई कडा भन्दा कडा कारबाही गर्न सुरक्षा निकायलाई स्थानियहरुले माग गरेका छन् ।