२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

कैलाली,
३० असार । कैलालीका एक सूचना अधिकारी घुससहित पक्राउ परेका छन् ।

जोशीपुर गाउँपालिकाका सूचना अधिकारी शिद्धराज जोशी ८५ हजार घुस सहित पक्राउ परेका हुन् ।

अख्तियारको टोलीले मंगलबार कार्यालयबाटै उनलाई घुससहित पक्राउ गरेको हो । सूचना अधिकारी जोशीले तालिममा सहजीकरण गरिदिने भन्दै घुस माग गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका जोशीलाई अख्तियारको केन्द्रिय कार्यालय पठाईने र थप अनुसन्धान गरिने बताइएको छ ।