२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

९ लाख घुससहित अख्तियारको फन्दामा सिंचाई डिभिजन प्रमुख

काठमाडौं, 
३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुखलाई घूस सहित नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट घुस लिईरहेको अवस्थामा कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट ९ लाख ३४ हजार घूस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार आयोगको टोलीले कार्यालयबाट रंगे हात पक्राउ गरेको हो ।

श्रेष्ठको साथबाट श्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँँ पनि जफत गरिएको छ । बरामद गरेको रकम र पक्राउ परेका श्रेष्ठको स्वास्थ्य परिक्षण गरी आयोगको कार्यालय काठमाण्डौ लगिने आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।