२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

१६ वर्षीया किशोरी बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ

बलात्कारको आरोपमा पक्राउ परेका वडा अध्यक्ष जगधिश शाही । तस्बिर : अन्नपूर्ण पोष्ट

कालिकोट,
३१ असार । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पक्राउ परेका छन् ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा न. ६ का वडा अध्यक्ष जगधीश शाहीलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।

वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बलात्कार गर्दै आएको भनी प्रहरीमा उजुरी परेको थियो ।

साही उजुरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

उनका अनुसार वडा अध्यक्ष शाहीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यक्षराजज जोसीले बलात्कार आरोपित वडा अध्यक्षलाई मंगलबार राति ९ बजेतिर बजारबाटै पक्राउ गरिएको बताए ।

जोसीका अनुसार वडा अध्यक्षसँग सोधपुछ गर्दा आफूले बलात्कार नगरेको प्रतिक्रिया दिएका छन् । सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले उ आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुने अनैतिक सम्बन्ध नरहेको र आफूलाई फसाउन खोजिएको भनेको प्रहरीको भनाइ रहेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।