२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रतिबन्धित विप्लव समूहका नेता ओमप्रकाश पुन पक्राउ


काठमाडौं,
३१ असार । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् ।

विप्लव समूह स्रोतले पुन पक्राउको पुष्टि गरेको छ । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको भनेका छन् । उनले भने, ‘जिल्लातर्फ ल्याउँदैछौं ।’

समूहले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । केही अघि उनले अनलाइनखबरसँग अन्तरवार्ता दिँदै सरकारले पत्र पठाए वार्ताबाट नभाग्ने पनि बताएका थिए ।