२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

आफ्नै भवनबाट वडा कार्यालयको सेवा सुरु

बालकृष्ण पाण्डे, 
हापुरे ३१ असार । बबई गाउँपालिकाको वडा नम्बर २ ले आजदेखि आफ्नै भवनबाट प्रशासनिक सेवा दिन सुरु गरेको छ ।

गाउँपालिकाको बजेट मार्फत् निर्माण भएको भवनको आज बिधिवत उद्घाटन भएपछि आफ्नै कार्यालयबाट सेवा दिने वडा न २ का वडअध्यक्ष चिन्तामणि शर्माले जानकारी दिनुभएको छ ।

वडा कार्यालयको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा बिश्वकर्मा प्रमुख प्रशासकिय अधिकृत भीष्मकुमार मल्ल र वडाध्यक्ष चिन्तामणी शर्माले सयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । वडा नम्बर २ संगै आफ्नै भवनबाट कार्य सञ्चालन गर्ने वडाको संख्या तीन पुगेको छ ।

यसअघि वडा नम्बर ३ र ७ साबिकका गाबिस कार्यालयका भवनमा वडा कार्यालय सञ्चालन गरीरहेका छन् । बाँकी वडा नम्बर १, ४, ५ र ६ ले पनि भवन निर्माण कार्य सुरु गरी सकेका छन् । आगामी मंसिर महिनाभित्र बबई गाउपालिका को प्रशासनिक सेवा र सबै वडा कार्यालय आफ्नै भवनबाट कार्य सञ्चालन गर्ने लक्ष्यसहित भवन निर्माण कार्य सुरु भएको बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल ले जानकारी दिनुभएको छ ।

हाल बबई गाउँपालिकाको प्रशासनिक तथा विभिन्न शाखा कार्यालय सञ्चालनका लागि भवन निर्माण कार्य भैरहेको छ ।
आज उद्घाटन गरिएको वडा कार्यालय त्रिशक्ति कन्ट्रक्सन शारदा सल्यानले करिब ३५ लाखमा निर्माण गरेको छ ।

गाउँपालिकाले प्रत्येक वडाका भवन निर्माणका लागि ५० लाखका दरले रकम ब्यबस्थापन गरेको छ ।।