२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको ९२ हजार ८ सय

फाइल तस्वीर ।

काठमाडौं,
३१ असार । सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ तोलाको ९२ हजार ८ सय पुगेको छ । मंगलबारको तुलनामा बुधबार (आज) एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुन तोलाको ९२ हजार ८ सय तोकेको छ । मंगलबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो ।

यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गत बिहीबार सुन प्रतितोला ९२ हजार ४ सय पुगेको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलाको ९२ हजार ३ सय ६० पुगेको छ । मंगलबार तोलाको ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि तोलाको एक हजार नाघेको छ ।

महासंघले आज (बुधबार) का लागि चाँदीको भाउ तोलाको १ हजार ५ रुपैयाँ कायम गरेको छ । मंगलबार तोलाको ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।