२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

सांकेतिक तस्वीर ।

पोखरा,
३१ असार । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी प्रक्राउ परेका छन्।

बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई प्रक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए।

पीडितको स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको एसपी श्रेष्ठले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।