२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

बालिका बलात्कार आरोपमा शान्तिनगरबाट एक पक्राउ

सांकेतिक तस्वीर ।

तुलसीपुर,
३१ असार । दाङमा १४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिका वडा नं. ५ का लालबहादुर बिकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ ।

बालिकालाई घरमै बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि प्रहरीले मंगलवार पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।