२०७९ असोज ११ गते मङ्गलवार
२०७९ असोज ११ गते मङ्गलवार

चौपट्टामा बलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

फाइल तस्वीर ।

दाङ,
१ साउन । दाङको घोराही–लमही सडक खण्डको चौपट्टामा आज विहान बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन ।

तुलसीपुर उपमहानगरपालिका–१५ कोठरीबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ज ९६५ बलेरो जीप दुर्घटना हुदाँ त्यसमा सवार तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीका २२ वर्षीय पदम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–१५ कै ३८ वर्षीय चालक भिमबहादुर वली, २६ वर्षीय देवराज वली, १८ वर्षीय विशाल वली र २४ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका छन ।

घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मीले जानकारी दिनुभयो ।

मृतक पदम वली जीप चालक भिमबहादुर वलीका छोरा रहेको प्रहरीले जनाएको छ ।