२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

देउडापर्व मनाउन कर्णालीमा आज सार्वजनिक बिदा

सुर्खेत,
१ साउन । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका १० वटै जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

गत जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।