२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

माग पुरा नभए व्यवसायी र मजदुरको चरणबद्ध आन्दोलन

दाङ,
१ साउन । यातायात व्यवसायी र मजदुरले आफुहरुका माग पुरा नभए चरणबन्द आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समितिको नेतृत्वमा यातायात व्यवसायी र यातायात मजदुर संगठनहरुले विहिवार जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई ज्ञापन पत्र बुझाउदै यस्तो चेतावनी दिएका छन् ।

कोरोना भाईरसले गर्दा बन्दाबन्दीका कारण लामो समय सार्वजनिक यातायातका साधनहरु ठप्प भएको हुदा सरकारले सवारी धनीलाई सहुलियत दरमा दुई लाख सम्म ऋणको व्यवस्था गर्नुपर्ने,मजदुरहरुलाई बन्दाबन्दीको समय सम्मको लागी मासीक रुपमा उचित रकमको व्यवस्था गर्नुपर्ने, अहिलेको अवस्थामा गाडी सन्चालन गर्दा स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्नुपर्ने, कोरोना बिना बनाई दिनुपर्ने लगाएतको माग गरिएको छ ।

यस अघि पनि गएको असार २२ गते विभिन्न माग राख्दै जारी गरेको विज्ञप्तीमा असार मसान्त सम्म माग पुरा नभए साउन १ गतेदेखी जिल्ला प्रशासन कार्यालयमा सवारी साधनका चाँबी र ब्लुबुक बुझाउने उल्लेख गरेपनि सरकारले आगामी साउन ७ गते सम्म बन्दाबन्दी जारी गरेकै कारण एक हप्ता पर्खेर बस्ने जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यदी आगामी साउन ७ गते सम्म पनि माग पुरा नभए ७ गते जिल्ला प्रशासनमा चाँबी बुझाउने र चरणबद्ध आन्दोलन गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर कमिटिका अध्यक्ष केशव बहादुर भण्डारीले बताएका छन् ।

यातायात व्यवसायी र मजदुरहरुको विचमा समन्वय गरी सयुक्त रुपमा ज्ञापन पत्र बुझाईएको जानकारी दिदै उनले माग पुरा नभए आन्दोलन गर्ने बताएका छन् ।

नेपाल यातायात राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष भरतनाथ योगी, प्रदेश कमिटि सदस्य ज्ञान बहादुर बस्नेतको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका कल्याणकारी सचिव प्रकाश भट्ट, तुलसीपुर डिलक्स प्रालिका अध्यक्ष पवनकुमार बुढाथोकी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर कमिटिका सचिव यज्ञ बहादुर बुढाथोकी, नेपाल यातायात मजदुर संघका अध्यक्ष पदम वली लगाएतको सहभागिता रहेको थियो ।