२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बर्षाले शान्तिनगरमा एक घर भत्कियो

शान्तिनगर,
१ साउन । शान्तिनगरमा बर्षाका कारण एक घर भत्किएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवा ढाँकाचौर निवासी डिल वहादुर परियारको टिनले छाएको घर बर्षा कारण भत्किएको हो ।

गत असार २६ गते बर्षाले घरको जग भासिएको र आज घरको टिन भएको छानासहित माथिल्लो तला भत्किएको परियारले जानकारी दिनुभयो ।

घर बर्षाले भत्किदा परियारको परिवार घरबार विहिन भएका छन् ।