२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

आज २१ औं मुक्त कमैया दिवस मनाइँदै

दाङ, 
२ साउन । शुक्रबार २१ औं मुक्त कमैया दिवस मनाइँदै छ । दाङसहित पश्चिम नेपालका जिल्लामा विभिन्न कार्यक्रम गरेर दिवस मनाउन थालिएको छ।

तत्कालीन सरकारले कमैया मुक्त घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष असार २ गते मुक्ती दिवस मनाउने गरिएको छ।

मुक्त कमैया समाज दाङले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाउन थालेको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिए।

सरकारले कमैया मुक्तीको घोषणा गरेपनी अझै मुक्त कमैयाहरुको पुर्नस्थापना हुन सकेको छैन । ऐलानी जग्गा, वन क्षेत्र, खोलाको किनारमा मुक्त कमैया बस्दै आएका छन् । जग्गाको लालपुर्जा प्राप्त हुन सकेको छैन।

दाङ जिल्लामा सरकारले परिचय पत्र उपलब्ध गराएको मुक्त कमैयाको संख्या एक हजार ४ सय २६ जना रहेको छ । अझै धेरै कमैयाको लगत संकलन गर्न बाँकी छ । ३० जना मुक्त कमैयाको जग्गा सट्टा भर्ना गर्न बाँकी छ।

भूमिसुधार कार्यालय मार्फत हरेक वर्ष मुक्त कमैया पुर्नस्थापनाको लागी बजेट प्राप्त हुने गरे पनि त्यो बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा फिर्ता जाने गरेको छ।

मुक्त कमैयाहरुको पुनर्स्थापना, छुट कमैयाको लगत संकलन गर्न अझै बाँकी रहेको कमैया महिला जागरण समाजका जिल्ला अध्यक्ष कमलापती चौधरीले बताइन्।

‘पुरुष कमैयाको बारेमा कुराहरु उठ्छ । तर, हामी महिला कमैयाको बारेमा कुनै सम्बोधन भएको छैन’, उनले भनिन्, ‘काम गरियो । अहिलेसम्म कुनै सम्बोधन र सुविधा छैन । एउटा परिचयपत्र समेत नभएको खबर देश सञ्चारमा प्रकाशित छ ।