२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

क्वारेन्टाइनमा २३ वर्षीय पुरुष मृत फेला

सांकेतिक तस्वीर ।

बेंसीसहर, 
२ साउन । लमजुङको एक क्वारेन्टाइनमा बसेका युवा मृत भेटिएका छन् । ब्क्होलासोथर गाउँपालिका ९ गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय युवराज घर्ती मृत अवस्थामा भेटिएका हुन् ।

बिहीबार राती झुण्डिएको अवस्थामा फेला परेको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

क्व्होलासोंथर गाउँपालिका ६ स्थायी घर भएका उनी गत असार ३१ गते बुटवलवाट घर आएका थिए । बिहीबार दिउँसो मात्र उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा घर्ती मात्र बसेका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।