२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

प्रहरी, जनप्रतिनिधि र युवाहरुको सक्रियतामा गाँजा नष्ट

तुलसीपुर,
२ साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँ र टरिगैँ वरपर उम्रीएका गाँजाका बोटहरु नष्ट गरिएको छ ।

प्रहरी जनप्रतिनिधि र स्थानिय युवाहरुको सक्रियतामा गाँजा नष्ट गरिएको हो ।

ग्वारखोला अस्थाई प्रहरी पोष्ट प्रमुख विष्णु प्रसाद श्रेष्ठको नेतृत्वमा वडा सदस्यहरु र स्थानिय युवाहहरुको सक्रियतामा टरिगाउँ र टरिगैँ गाजा नष्ट गरेको स्थानीय शिवराज भण्डारीले जानकारी दिनुभयो ।