शान्तिनगर,
२ साउन । दाङ क्षेत्र नं ३ ख प्रदेश सांसद बिमला ओलीले शान्तिनगर ४ स्थित बुद्ध मावि शान्तिपुरमा बृक्षारोपण गर्नु भएको छ ।
विद्यालयले आयोजना गरेको वृक्षारोपन कार्यक्रममा सांसद ओली बृक्षारोपन गर्नु भएको हो । सो अवसरमा विद्यालयको खाली जग्गामा विभिन्न प्रजातिका बृक्षारोपन गरिएको हो ।
बृक्षारोपमा विद्यालयमा आएका सांसद ओलीलाई कक्षा ११ सञ्चालनको लागि पहल गरिदिन माग गरिएको थियो । विद्यालयमा खेलकूद मैदान, विज्ञान प्रयोगशाला भवन, शिक्षा दरबन्दी थप आवश्यक भएकाले पहल आग्रह समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितका अध्यक्ष प्रताप दाहाल र प्रधानाध्यापक लाल बहादुर ओलीले विद्यालयको प्रगतिको बारेमा प्रकाश पार्नु भएको विद्यालयका सुचना अधिकारी तिलक ओलीले जानकारी दिनुभयो ।