२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

दाङका पहाडि भेगमा ५२ हजार टिमुरका बिरुवा रोपियो

हेमराज शर्मा, 
दाङ २ साउन । दाङमा ५२ हजार टिमुरका बिरुवा रोपिएको छ ।

स्थानियहरुलाई आर्थिक आयआर्जन सँग जोड्नका लागि डिभिजन वन कार्यालय दाङले पहाडी भेगमा ५२ हजार टिमुरका विरुवा रोपेको हो ।

यस बर्ष करिब एक लाख टिमुरका बिरुवा रोप्ने लक्ष्य लिए अनुसार अहिलेसम्म ५२ हजार टिमुरका बिरुवा रोपि सकेको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभएको छ ।

बंगलाचुली गाउँपालिका, तुलसीपुरको छिल्लीकोट र घोराही उपमहानगरको सैघामा टिमुरका बिरुवा रोपिएको छ । सामुदायिक वन र व्यक्तिका बारीमा टिमुरका बिरुवा रोपिएको छ ।

यसैक्रममा आज घोराही उपमहानगरपालिका १९ राम्चेको मदन आश्रीत सामुदायिक वन क्षेत्रमा २ हजार ३ सय टिमुरका बिरुवा रोपिएको छ । वन समूहका उपभोक्ताहरुको सकृयतामा २३ सय टिमुर, ७ सय वटा मालागेडी र दालचिनीका बिरुवा रोपिएको छ । बृक्षारोपण कार्यक्रममा सहभागि हुदै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले विरुवाको संरक्षण गर्दै आम्दानी सँग जोडिन स्थानियहरुलाई आग्रह गर्नुभयो ।

विकासका पूर्वाधार सडक, विजुली, पानीको व्यवस्था सरकारले गरेको भन्दै अब आम्दानी हुने खालका व्यवसायमा जोडिनुपर्ने बताउनुभएको हो । कार्यक्रममा डिभिजन वन अधिकृत दीपक ज्ञवालीले टिमुर रोपेको ३ देखी ४ बर्षमा फल्ने र प्रतिकिलो एक हजार रुपैयाँ सम्ममा बिक्रि हुने जानकारी दिनुभयो । त्यसका लागि मलजल र संरक्षणमा विषेश ध्यान दिन उहाँले स्थानियहरुलाई आग्रह गर्नुभयो ।

बेरोजगारीलाई हटाउने र घरमै व्यवसायीक बाताबरण बनाउने उदेश्यले आम्दानीजन्य बिरुवाहरु रोप्ने अभियान थालिएको जानकारी दिनुभयो ।