२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

निजी विद्यालयद्वारा पठनपाठन सुचारुको माग

दाङ,
२ साउन । विद्यालयमा पठनपाठन सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै निजि विद्यालयहरुले स्थानिय तहको ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एन प्यासन र प्याब्सनको संयुक्त पहलमा देशभरका ७५३ वटा स्थानिय तहमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।

दाङका १० वटै स्थानिय तहमा पनि विद्यालयमा पठनपाठन सञ्चालन गर्न सहज वातावरण सिर्जना गरिदिन माग राख्दै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको एन प्याब्सन प्रदेश ५ का अध्यक्ष सुबोध डाँगीले जानकारी दिनुभयो । विगत ४ महिना देखि कोभिड – १९ का कारण विद्यालय बन्द हुदा विद्यालय, विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई विभिन्न समस्या उत्पन्न भएको भन्दै विद्यालय सञ्चालनको माग गर्दै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष डाँगीले बताउनुभयो ।

इन्टनेटको पहुँच सवै विद्यार्थीको घरसम्म नपुगेको र अनलाइनको माध्यमबाट पठनपाठन गर्न समस्या भएको भन्दै अनलाइन कक्षा बन्द गरेको डाँगीले बताउनुभयो ।

यता शान्तिनगर गाउँपालिका र बबई गाउँपालिका पनि ध्यानार्षकण पत्र बुझाइएको छ । विद्यालय बन्दका कारण विभिन्न समस्या उत्पन्न भएको हुँदा सहजरुपमा पठनपाठन सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै ७ बुदे ध्यानार्षकण पत्र बुझाइएको हो ।

शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीलाई ध्यानार्षकण पत्र बुझाइएको हो । ध्यानार्षकण पत्र बुभ्mदै अध्यक्ष डाँगीले कोरोनाको महामारीले सम्पूर्ण क्षेत्र अस्तव्यस्त पारेको भन्दै शैक्षिक क्षेत्रलाई झन असर पारेको आफुुले बुझेको बताउनुभयो । यसबारे सबै संग सल्लाह सुझाव लिएर शैक्षिक क्षेत्रबारे अगाडि बढ्ने बताउनुभयो ।

एन प्याब्सन शान्तिनगरका संयोजक रण वहादुर बोहरा र प्याब्सनका ओम भण्डारीले संयुक्तरुपमा बुझाउनु भएको हो । सो अवसरमा एन प्याब्सन प्रदेश ५ का अध्यक्ष सुबोध कुमार डाँगीको पनि सहभागिता रहेको थियो ।

यस्तै बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेललाई एन प्याव्सन बबईका संयोजक बालकृष्ण खत्रीले ध्यानाकर्षण पत्र बुझाउनु भएका थियो । एन प्याब्सन र प्याब्सनले स्थानिय तहमा बुझाएको ७ बुँदे ध्यानाकर्षण पत्रमा कोभिड – १९ का कारणले तहसनहस भएकाले विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विदार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथासिघ्र निर्माण, अनलाइन कक्षा र भर्चुअल कक्षाहरु वैकल्पिक शिक्षण पद्धति मात्र भएको र नेपाली समाजमा अहिले नै यो पद्धतीको पहुँचमा सबै विद्याथीहरु हुन नसक्ने यर्थातलाई मनन गर्दै पालिकाभित्र कोभिड – १९ को प्रभावको समेत अध्ययन गरी यथासम्भव विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर – विजोर वा आलोपालो प्रणालीमा कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था, क्वारेन्टिनका लागि विद्यालयहरुको प्रयोग भएकाभए अर्को स्थानमा स्थानान्तरण गरी निर्मुलीकरणको व्यवस्था गरिदिन माग गरिएको छ ।

साथै ध्यानाकर्षण पत्रमा वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८० देखि १९२ दिन पठनपाठन गर्नुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक बिदाहरु, जाडो बिदा लगायत अन्य बिदा कटौती गरी नयाँ शैक्षिक क्यालेन्डर निर्माण, सम्बन्धित स्थानिय निकायले विद्यालय सञ्चालन गराउन उपयुक्त वातावरण निर्माण, निजी विद्यालयहरुले शैक्षिक सत्र २०७६ को बाँकी वक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शीर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा हाम्रा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था, घर–जग्गा बहार कर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था सहतिको ७ बुँदे माग समिटिएको छ ।