२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोना संक्रमणबाट बच्न हातधुने सामाग्री प्रदान

मसुरीया, 
२ साउन । राप्ती गाउँपालिकाको कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीलाई कोभिड १९ बाट बच्न हातको सरसफाईको लागि हातधुने सामाग्री प्रदान गरिएको छ ।

वडा नम्बर ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्था,अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपालले हेन्डवास सहित खुट्टाको मदतले सेम्फु र पानी निकाल्न मिल्ने टंकि प्रदान गरेको हो ।

विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को बढ्दो जोखिमलाई ध्यान दिदै स्वास्थ्य रक्षाको लागि हातधुने सामाग्री प्रदान गरिएको संस्थाकी अध्यक्ष रत्ना तिवारीले जानकारी दिनुभएको छ ।

स्वास्थ्य सामाग्री बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले स्वास्थ्य सुरक्षाको लागि जागरुकका लागि हातधुने अत्याधुनिक पानी टंकी सहितको बेसीन प्रदान गरेकोमा वडा नम्बर ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्था र अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपाललाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।