२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

लायन्स क्लबद्वारा तुलसीपुरलाई ८ सय भिटिएम सहयोग

तुलसीपुर, 
२ साउन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक अन्तर्गत एरिया नम्बर ५ ले कोरोना महामारीलाई लक्षित गरेर भिटिएम प्रदान गरेको छ ।

आवश्यक सबैको स्वाब संकलनमा सहजता होस् भन्नका लागि ८ सय थान भिटिएम सहयोग गरिएको एरिया नम्बर ५ का कोषाध्यक्ष यज्ञवहादुर केसीले जानकारी दिनुभयो ।

विपद्का वेलामा सामाजिक उत्तरदायित्व वहन गरेर सहयोग गरिएको पनि केसीले वताउनु भयो।

‘सामाजिक काममा सहयोग गर्नु हामी सबैको दायित्व हो ’ कोषाध्यक्ष केसीले भन्नुभयो । भिटिएम वुझ्दै नगरप्रमुख घनश्याम पाण्डेले कोरोना महामारीबाट जोगिनका लागि सबैले सहयोग गर्नुपर्ने वताउनभयो ।

उहाँले उपमहानगरपालिकालाई आवश्यक परेको भिटिएम उपलब्ध गराएकोमा लायन्स क्लबलाई धन्यवाद समेत दिनुभयो । ‘आवश्यक ठाउँमा मात्रै हामीले यसको प्रयोग गर्नेछौ’ नगरप्रमुख पाण्डेले वताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको कोरोना विपद्का लागि विभिन्न संघसंस्था र व्यक्तिहरुले निरन्तर सहयोग गर्दै आएका छन् ।