२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

एकैदिन विश्वभर २ लाख ३७ हजार ७४३ संक्रमित थपिए

काठमाडौं,
३ साउन । विश्वभर शुक्रबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

शुक्रबार एकैदिन विश्वभर दुई लाख ३७ हजार ७४३ जना संक्रमित थपिएको डब्लुएचओले उल्लेख गरेको छ । सबैभन्दो धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा संक्रमित थपिएका हुन् ।

यसअघि विश्वभर एकै दिन जुलाई १२ मा दुई लाख ३० हजार ३७० जना संक्रमित थपिएका थिए । जुलाईमा कोभिड–१९ बाट दैनिक मृत्यु हुनेको संख्या पाँच हजार भन्दामुनि रहँदै आएको छ ।

विश्वभर कुल संक्रमितको संख्या शुक्रबार १४ मिलियन अर्थात एक करोड ४० लाख नाघ्यो । यस्तै ज्यान गुमाउनेको संख्या पाँच लाख ९० हजार भन्दा बढी पुगेको छ ।