२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

अबको चारदिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं,
३ साउन । अबको चारदिन देशभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ। र, मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेकाले पनि नेपालमा मनसुन सक्रिय बनेको हो।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि लगातार पानी पर्ने भएकाले शतर्कता अपनाउन आग्रह गर्दै सुचना जारी गरेको छ। लगातारको झरीले देशैभरीका नदीमा बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

अहिले देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यका पनि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको भनाइ छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राती देशभर सामान्यदेखी पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

लगातारको वर्षाले बाढी पहिरो जान सक्ने सम्भावना भएकाले सबैलाई सतर्क रहन भनिएको छ।